Thursday, March 26, 2020


खगेन्द्र पराजुली, 
१३ चैत्र, नवलपुर । 

देबचुली नगरपालिकामा आज नगरस्तरीय बिपद् ब्यवस्थापन समितिको बैठक बसी ९ वटा प्रस्ताव पास गरेको सार्बजनिक गरेको छ । 

बिश्वब्यापी फैलिएको कोरोना संक्रमण रोकथाम, नियन्त्रण र सचेतनालाई प्रभावकारी बनाउँदै नगरका क्रियाकलापलाई पारदर्शी गराउने उदेश्यले निणर््ाय गरिएको नगरपालिकाले सार्बजनिक गरेको निर्णयले प्रष्ट पारेको छ । 

बैठकले बिभिन्न नौ वटा प्रस्तावमाथी छलफल गरी निर्णय समेत गरेको छ । 

बैठकले नगरपालिकामा बनाईएका अस्थायी क्वारेन्टाईनमध्ये देबचुली ११ का सूर्यकिरण प्राबि र भृकुटी बोर्डिङ स्कुलमा क्वारेन्टाईनमा बसेका ८ जनाका लागी बेड ब्यवस्थापन गर्ने निर्णय गरेको छ  । 

बैठकले क्वारेन्टाईनमा रहेका बाहेक बिदेशबाट आएका वा शंकास्पद अन्य ब्यक्तिहरुलाई प्राकृतिक सामुदायिक चिकित्सालयमा राख्ने निर्णय गरेको छ । 

यस्तै, लकडाउनका क्रममा परिचालित सुरक्षाकर्मीलाई आवश्यक पर्ने सवारी साधन, ईन्धन, मास्क, पञ्जा, सेनिटाईजर लगायतका बस्तुहरु उपलब्ध गराउने निर्णय गरेको छ । 

समितिको चौथो निर्णयमा सरकारी स्वास्थ्य संस्थाहरुमा भिडभाड हुने भएकाले सुरक्षाकर्मीद्वारा बेलाबेलामा अनुगमन गर्ने र नगरका सुरक्षागार्डलाई भीडभाड हुने समयमा परिचालन गर्ने भएको छ । 

यस्तै लकडाउन अवधिभर मदिरा पसल, होटल, रेष्टुरेण्टहरु पूर्ण रुपमा बन्द गरी खाद्यान्न, तरकारी तथा फलफूल पसलहरु दिउँसो १२ बजेदेखि दिउँसो ४ बजेसम्म ४ घण्टामात्र खोल्न दिने निर्णय गरेको छ । साथै सो क्रममा खावश्यक सुरक्षाका उपाय अपनाई भीडभाड नगरीकन बिक्रीबितरण गर्ने प्रबन्ध मिलाउन लगाउने भएको छ । 

नगरपालिकाले निजि स्वास्थ्य संस्थालाई भने संक्रमण रोकथामका लागी आवश्यक ब्यवस्थापन गरी नियमित सेवा सञ्चालन गर्न निर्देशन गर्ने भएको छ । 

बैठकले दैनिक सुचना अपडेट गर्न, आम नागीकलाई जानकारी गराउन, अफवाहका बिरुद्ध सही सुचना प्रवाह गर्न, क्वारेन्टाईनको दैनिक बिबरण अद्याबधिक गर्न एक सुचना केन्द्र स्थापना गर्ने निर्णय गरेको छ । 
बैठकले नगरपालिकामा सञ्चालित एम्वुन्लेन्सहरुको अवस्था ठीकठाक राखी एलर्टमा रहन चालकलाई अनुरोध गर्ने भएको छ । उनीहरुलाई अत्याबश्यक सुरक्षाका सामाग्री ब्यवस्था गरिदिने समेत निर्णयमा उल्लेख छ । 

त्यस्तै, सम्पूर्ण नगरवासीलाई सचेत रहन, लकडाउनको पूर्ण पालना गर्न, अत्यावश्यक अवस्था बाहेक घरवाट बाहिर ननिस्कन, सरकारी सञ्चार माध्यमबाट प्राप्त सुचना अनुसारका सुचनाको सही प्रयोग गर्न अनुरोध गरेको छ । 

बैठकले होम क्वारेन्टाईनमा रहेकाहरुको पनि नियमित अनुगमन गर्ने निर्णय गरेको छ । 
नगर उपप्रमुख पार्बता तिवारीको अध्यक्षतामा बसेको सो बैठकमा प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद भुसाल, नगर प्रबक्ता एवं १३ नम्वरका वडाध्यक्ष डिलबहादुर खत्री, वडाअध्यक्षहरु हेमराज दवाडी १४, गोपालराज लम्साल ३, भुपराज पाठक ७, दिनानाथ भुसाल दिनेश १२, रमेशवहादुर ठाडामगर ११, शिवप्रसाद पराजुली र पिताम्वर भुर्तेल स्वास्थ्य शाखा कर्मचारीहरु, कृष्णप्रसाद सापकोटा सुचना प्रबिधिका कर्मचारी, हरिप्रसाद सापकोटा प्राकृतिक चिकित्सालय रजहरका ब्यवस्थापक र अम्वरबहादुर गुरुङ ससस्त्र प्रहरी बल बेश क्याम्प दलदलेका प्रमुखहरुको उपस्थिति रहेको थियो । 


0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *