खगेन्द्र पराजुली,
१४ चैत्र, नवलपुर ।
देवचुली नगरपालिका वडा नं १२ ले कोरोना रोकथामका लागि थप सर्तकता अपनाउने भन्दै वडा भित्र र बाहिर आवतजावत कार्य पूर्ण विच्छेद गर्ने भएको छ ।
बिश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना रोग रोकथामकालागि थप सतर्कता अपनाउन बिदेशवाट फर्कि आएका र आफ्नै घरमा क्वारेण्टाईनमा रहेका व्यक्ति र परिवारको कडा निगरानी राख्ने, अत्यावाश्यक सामाग्रीहरु बेच्ने पसल दिउसो १२ बजे देखि ४ बजे सम्म मात्र खोल्न दिने, सामान लेनदेन गर्दा ग्राहक संग दुरी कायम राख्न लगाउने, लुकिछिपि मादक पदार्थ बेचबिखन गर्ने तथा तास खेल्ने, खेलाउनेहरुलाई प्रहरी प्रशाशन समेतको सहयोग लिई आवश्यक कारवाहि गर्ने समेत भएको छ ।
यो समय गहुँवाली थन्क्याउने समय भएकोले खेतमा काम गर्ने किसानहरुलाई एक आपसको दुरी २ मिटर भन्दा टाढा हुने गरि काम गर्न र खाजा दिनु, लिनु र खानु अगाडि अनिवार्य रुपमा सावुनपानिले हात धुन अनुरोध गर्ने र सोको कार्यान्वनका लागि वडा स्तरिय कोरोना रोकथाम समितिका पदाधिकारिलाई अनुगमन गर्न खटाउने वडाअध्यक्ष दिनानाथ भुसाल दिनेशले जनाकारी दिनुभयो । साथै वहाँले वडा भन्दा बाहिरवाट थ्रेसर, टेक्टर आदि कृषि उपकरण आउन नदिने र स्थानिय उपकरणहरु पनि दिउसो ११ बजेदेखि ४ बजे सम्म मात्र सञ्चालन गर्न पाउन समयसीयमा तोकिएका बताउनुभयोे ।
मानिसहरु को अनावाश्यक आवतजावत बन्द गर्न २ वटा वडा हेर्ने गरि कम्तिमा २ जना सुरक्षाकर्मि र ४ जना यूवा स्वंसेवक र सवारी साधन(मोटर साईकल)को व्यवस्था गर्न नगरपालीका समक्ष अनुरोध गर्ने भएको छ ।
वडा भित्र रहेका अटो लगाएतका सवारी साधनको लगत लिने र कोहि विरामी परेमा स्वास्थ्य संस्था लैजान आवश्यक व्यवस्था गर्ने र एक पटक विरामि बोकेको साधनलाई सके सम्म २ दिन पुनः प्रयोग नगराउन भनिएको छ ।
दैनिक ज्यालादारि गरि जिविकोपार्जन गर्ने व्यक्तिहरुलाई पर्न सक्ने खाद्यान्न संकट टार्न त्यस्ता व्यक्तिहरुको अभिलेख तयार गर्ने र उनिहरुलाई आवश्यक पर्ने अत्यावाश्यक खाद्यान्न सहयोग गर्न वडावासीहरुमा अनुरोध गर्ने समेत वहाँले बताउनुभयो ।
दुग्ध उत्पादक किसान हरुले उत्पादन गरेको दुध बेच्न नसकिएको भन्ने कृषकहरुको गुनासो रहेको सम्बन्धमा नगरपालीकाको ध्यानाकर्षण गराउने तथा कृषकहरुसंग छलफल गरि आवश्यक सहयोग गर्ने साथै हाल घाँस तथा पराल अभाव भएकोले गहुँ काट्दा फेदै देखि काट्न र छ्वाली खेर नफाल्न, नजलाउन तथा पशुपालक कृषकहरुलाई उक्त छ्वाली उपलब्ध गराई सहयोग गर्न गहुँ उत्पादक कृषकहरुलाई अनुरोध गर्ने जनाएको छ ।
admin


0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment