खगेन्द्र पराजुली,
१४ चैत्र, नवलपुर ।
नवलपुरको पहाडी गाउँपालिका बौदिकालीले कोरोना संक्रमण नियन्त्रण रोकथाममा सावधानी अपनाएको जनाएको छ । ६ वटा वडा रहेको बौदीकालीका ५ वटा प्रबेश स्थलमा स्वास्थ्य सहायता कक्ष राखिसकेको छ । सो हेल्थ हेल्प डेस्कले स्वास्थ्य जाँच अन्तर्गत बिशेषत ज्वरो परिक्षण गर्ने गरेको प्रमुख प्रशासकीय अधिकृत प्रदिपचन्द्र सुवेदीले जानकारी दिनुभएको छ ।
गाउँपालिकाको कार्यालय भवनमा ४ शैयाको आईशोलेशन तयारी अवस्थामा राखिएको छ भने वडा नम्वर २ डेडगाउँका २ वटा स्थानमा २० शैया क्षमताको अस्थायी सामुदायिक क्वारेन्टाईन तयारीमा राखेको जनाईएको छ ।
गाउँपालिकाले स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ताको ब्यवस्था गर्ने गरी जनप्रतिनिधि तथा स्वयंसेबीहरुको सक्रियतामा पछिल्लो १५ दिनयता भारत लगायत अन्य मुलुकबाट गाउँ भित्रिएका नागरीकको पहिचानमा खटाईएको प्रशासकीय अधिकृत सुबेदीले बताउनुभयो ।
अहिले मुलुक नै लकडाउनको अवस्थामा रहेकाले जनजीवनमा केही असर पर्नु स्वभाविकै भएपनि खाद्यान्न लगायतको संकट नरहेको तर त्यस्तो अवस्था आएमा यहाँको मुख्य बजारकेन्द्र पाल्पाको रामपुर, तनहुँको भिमाद, तथा नवलपुरका कावासोती वा दलदलेबाट प्रशासनको सहयोगमा सवारी साधनमा चालक र जनप्रतिनिधि पठाएर ब्यवस्थापन मिलाउन पनि सतर्कता अपनाईएको वहाँले बताउनुभयो ।
१५ दिनयता अहिलेसम्म ४८ जना पुरुष र ४ जना महिला गरी ५२ जना गाउँ भित्रिएको तथ्याङ्क रहेको भएपनि यो संख्यामा बृद्धि हुन सक्ने वहाँले बताउनुभयो ।
५२ मध्ये ४० जना भारतवाट आएका रहेका छन् भने अन्य अरबियन मुलुकबाट आएका हुन् ।
उनीहरुमा रुघाखोकी, ज्वरो तथा संक्रमण आशंका गरिहाल्ने कुनै लक्षण नदेखिएकाले सबै जना आ–आफ्नै घरमै सुरक्षित रुपमा क्वारेन्टाईनमा रहेको प्रशासकीय अधिकृत सुबेदीले बताउनुभएको छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment