१५ चैत्र, पर्बत ।
पर्वतको महाशिला गाउँपालिका २ भोक्सिङमा कानुन विपरित मासु खाने उद्देश्यले गोरु काट्दै गरेको अवस्थामा प्रहरीले तीन युवालाई रंगेहात पक्राउ गरेको छ ।
हिजो शुक्रबार गोरुको टाउको छिनाइसकेको अवस्थामा प्रहरीले युवाहरुलाई घटनास्थलबाटै नियन्त्रणमा लिएको हो ।
घटनामा संलग्न महाशिला २ भोक्सिङका १६ बर्षिय सुजन गुरुङ, सोही स्थानका २७ बर्षिय लोकेन्द्र गुरुङ र महाशिला १ होश्राङदीका २७ बर्षिय पिताम्बर भूसाललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा रहेका तीनै जनालाई इलाका प्रहरी कार्यालय लुंखु देउरालीबाट जिल्ला प्रहरी कार्यालय पर्वत चलान गरिएको लुंखुमा कार्यरत प्रहरी सहायक निरिक्षक कृष्णप्रसाद पनेरुले जानकारी दिए ।
नियन्त्रणमा रहेका युवाहरुले पर्वत जिल्ला अदालतमा गौवध अन्तर्गत मुद्धा दायर गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment