Saturday, March 28, 2020

(: घरको आँगन खन्दै बारपाक सुलीकोट ३ ठोट्नेरीका बासिन्दा । तस्वीर : सलिना गुरुङ ।)
१५ चैत्र, गोरखा । 

बिश्वब्यापी फैलिएको कोरोना संक्रमणबाट त्रसित गोरखा धार्चे र वारपाक सुलीकोटका स्थानीय भ्रमलाई समेत बिश्वास गर्न थालेका छन् । दलाई लामाले पठाएको सन्देश भनेर स्थानीयले दैलो खनेर निस्केको कालो माटोको टिका लगाउन थालेको त्यहाँका वडाध्यक्ष लगायत स्थानीयहरुले बताएका छन् । 

धार्चे गाउँपालिका २ रुन्चेतमा दुईसय ६५ घरका बासिन्दाले खाल्डो खनिसकेका स्थानीय शिक्षक रामपति गुरुङले जानकारी दिनुभएको छ ।

केरौंजा गाउँमा पनि धमाधम खन्ने काम भइरहेको वडा अध्यक्ष सुकबहादुर गुरुङ बताउँछन् ।

धार्चे गाउँपालिका ३ का वडा अध्यक्ष इन्द्रप्रसाद गुरुङको परिबारले पनि आँगन खनेर कालो टिको लगाएका छन् । ‘हाम्रो गाउँमा त आँगन खन्नू भनेर कालो टिको लगाउनू भनेर हिजो कटुवाल करायो’, उनले भने, ‘आज त बिहानै तीनबजेदेखि अहिलेसम्म पनि आँगन खनिरहेका छन् । मेरो परिबारले पनि खनिसके ।’ गाउँलेको मन शान्त हुन्छ भने होओस् भनेर आफू पनि चुपचाप बसेको उनको भनाइ छ ।

बारपाक सुलीकोट गाउँपालिका ३ की शिक्षिका सलिना गुरुङले पनि त्यहाँको गाउँमा पनि दैलो खनेर निस्केको कालो माटोको टिका लगाउन थालेको जानकारी गराउनुभयो  ।

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *