Tuesday, April 7, 2020


देबभूमी खवर–
२५ चैत्र, नवलपुर । 

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी दुई साता थप चुनौतीपूर्ण हुनसक्ने बतउनुभएको छ । मंगलबार देशबासीका नाममा सम्बोधन गर्दै उहाँले यो अवधिमा थप संक्रमित देखिने मात्र होइन, समुदायमा संक्रमण फैलिने जोखिम रहेको बताउनुभएको छ ।
कोरोनाको संक्रमण फैलिन नदिन सरकारले काम गरिरहेको बताउनुभएको छ । 
वहाँले देशैभर ३० हजार ५ सय ६६ जनालाई राख्न सकिने गरी क्वारेण्टाइन केन्द्रको व्यवस्था गरिएको बतउँदै ९ हजार १ सय ६८ जना क्वारेण्टाइनमा रहेको बताउनुभयो । 
३ हजार २ सय ५९ क्षमताको आइसोलेशन वेड तयार गरिएकोमा आईशोलेशनमा ९५ जना उपचारत रहेको प्रधामंत्री ओलीले सम्बोधनका क्रममा बतउनुभयो । 
वहाँले सरकार सकभर सङ्क्रमण फैलिन नदिन र फैलिहालेको अवस्थामा पनि त्यसलाई नियन्त्रण गर्न पूर्ण तयारीमा जुटेको दावी गर्नुभएको छ ।
प्रधानमंत्री ओलीले सातै प्रदेशबाट पोलिमरेज चेन रियाक्सन (पिसिआर) प्रविधिबाट परीक्षण शुरु गरिएको बताउँदै  हिजोसम्म १ हजार ८ सय ९० जनाको परीक्षण भईसेकेको बताउनुभएको हो । 
सातै प्रदेशका १० परीक्षण केन्द्रबाट परीक्षणलाई तीव्रता दिनुका साथै सङ्क्रमणको उच्च जोखिममा रहेका जिल्लाहरुमा द्रूत परीक्षण र्(यापिड डिटेक्सन टेस्ट (आरडिटी) विधिमार्फत् हजारौंको नमूना परीक्षणको तयारी अगाडि बढाइएको समेत बताउनुभएको छ । 
सातै प्रदेशमा, उपचारमा आवश्यक पर्ने पर्सनल प्रोटेक्टीभ इक्वीपमेण्ट (पीपीई) पूरा सेट– १ हजार ४८ थान, गाउन– ११ हजार ८ सय १९ थान, एन ९५ मास्क– ४ हजार ३४५ थान, मास्क– ५ लाख ६५ हजार २६१ थान सहित आवश्यक स्वास्थ्य सामग्रीहरुको व्यवस्था गरिएको भन्दै वहाँले भेण्टिलेटर सहित अपुग स्वास्थ्य सामग्री तथा उपकरणको थप प्रबन्ध गरिँदै गरेको बताउनुभयो  ।
प्रधानमंत्री ओलीले भारत सरकारसँग समन्वय गरी सीमाको पारीपट्टि रहनु भएका २ हजार १ सय ४७ नेपालीहरुलाई उतै क्वारेण्टाइनमा राखिएको र  सीमाको वारीपट्टि रहेका करिब ७०० भारतीय नागरिकहरुलाई नेपालमै क्वारेण्टाइनमा राखर सङ्क्रमणको जोखिमलाई न्यून गर्ने अन्तर्रा्ष्ट्रिय सीमामा आवतजावत बन्द गरेको बताउनुभएको हो । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *