देबभूमी खवर–
२५ चैत्र, नवलपुर ।
प्रधानमंत्री केपी शर्मा ओलीले बिश्वब्यापी संकटका बेलामा सरकारलाई असफल देखाउन चालिएका प्रबृतिले आफ्नो ध्यान खिचेको भन्दै यस्तो प्रबृति किमार्थ प्रशंसनीय नहुने बताउनुभएको छ ।
वहाँले नागरिकको जीवनरक्षाभन्दा महत्वपूर्ण कुरा अरु केही नहुने भन्दै यतिबेला सबैभन्दा ठूलो चुनौती स्वास्थ्य उपकरणहरुको आपूर्तिमा परेको जिकिर गर्नुभयो ।
कहिँ कतै अनियमितता र भ्रष्टाचारजन्य कुरा देखिएमा निर्ममतापूर्वक कारवाही गर्न वर्तमान सरकार पछि नहट्ने प्रधानमंत्री केपी ओलीले संबोधनकै क्रममा प्रतिवद्धता जनाउनुभएको छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment