Tuesday, April 21, 2020


खगेन्द्र पराजुली, 
९ बैशाख, नवलपुर । 

गत चैत्र तेस्रो साता लागेसँगै १ सातामा देबचुलीका १७ वटै वडामा दैनिक ज्यालामजदुरीमा आश्रित तथा बिपन्न परिवारका लागी भन्दै नगरपालिकाले द्रुत गतिमा राहत स्वरुप खाद्य सामाग्री बितरण गर्यो । 

नगरपालिकाले आफ्नो नगरप्रोफाईलमा उल्लेख गरेभन्दा झण्डै दोब्बर जनसंख्यालाई प्रतिब्यक्ति ५ केजी चामल र प्रतिपरिवार १ केजी दाल र १ केजी नून बितरण गरेको थियो । 

नगरपालिकाले बितरण गरेको उक्त खाद्य सामाग्री प्रति ब्यक्ति प्रति छाक २ सय ५० ग्राम अर्थात् एक दिनको आधा किलो चामलले पुग्ने मापदण्ड निर्धारण गरी बितरण गरेको थियो । 

नगरपालिकाले करीव २ हजार हाराहारी परिवारका ६ हजार ५ सय जनसंख्यालाई राहत उपलब्ध गराएको तथ्याङ्क गत चैत्रमै निकालेको थियो । त्यसपछि भने लकडाउन क्रमिक रुपमा बढेसँगै बास्तबिक गरीवका चुल्हो बल्न धेरै गाह्रो भएको गुनासो बढ्न थालेको छ । 

एकद्धार प्रणाली मार्फत राहत बितरण गर्न स्थानीय सरकारले भूमिका निर्वाह गर्ने नीति नै बनेपछि स्थानीय तहमा बिभिन्न सहयोगी संघ, संस्था, ब्यापारीक प्रतिष्ठान, ब्यक्तिहरुले नगरपालिकामा सहयोग गर्ने लर्को नै लागेको छ । सहयोगीहरुको सहयोग गर्ने क्रम अझै पनि देबचुलीमा रोकिएको छैन । तर, १० दिनलाई पुग्ने राहत सामाग्री दिएपछि नगरपालिका जिम्मेवारीबाट पन्छिएको जस्तो महशुस भएको लकडाउनका कारण दैनिक गुजारामा समस्या भोगिरहेका प्रभावितहरुले बताएका छन् । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *