Monday, April 20, 2020


खगेन्द्र पराजुली, 
८ बैशाख, नवलपुर ।  
नवलपुरमा आज सोमवार ८६ जनाको र्यापिड  टेष्ट भएको छ । 

आज नवलपुरमा परिक्षण भएका ८६ जनाकै आरडीटीको नतिजा नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । 

आज गरिएको आरडीटीमा गैंडाकोटका १२ जना, देबचुलीका २ जना, बिनयी त्रिबेणीका ४१ जना, हुप्सेकोटका ९ जना, बौदीकालीका २१ जना, जिल्ला अस्पतालमा १ जनाको परिक्षण भएको हो । 

हिजोसम्म नवलपुरमा ३ सय १६ जनाको आरडीटी परिक्षण भएकामा आज भएका  ८६ सहित जम्मा ४ सय २ जनाको आरडीटी नेगेटिभ पुष्टि भएको छ । 

अहिलेसम्म नवलपुरबाट परिक्षणका लागी पठाईएका ४० स्वाव नमूना सबै नेगेटिभ रहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

यस्तै, जिल्ला स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार आज गैंडाकोटका ३ जनाको स्वाव परिक्षणका लागी चितवनस्थित कोरोना अस्थायी अस्पतालमा स्वाव नमूना संकलनका लागी पठाईएको छ । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *