Sunday, April 19, 2020


खगेन्द्र पराजुली, 
७ बैशाख, नवलपुर । 

नवलपुरमा आज आईतवार मात्रै ६३ जनाको र्यापिड टेष्ट भएको छ । भने शुक्रवार पठाईएको ५ जनाको स्वावको रिपोर्ट प्राप्त भएको छ । 

आज नवलपुरमा परिक्षण भएका ६३ जनाकै आरडीटीको नतिजा तथा प्राप्त ५ वटै स्वावको नतिजा नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । 

आज गरिएको आरडीटीमा गैंडाकोटका ४ जना, देबचुलीका ९ जना, मध्यबिन्दुका ४ जना, बिनयी त्रिबेणीका ११ जना, हुप्सेकोटका ४ जना, बुलीङटारका ५ जना, जिल्ला अस्पतालमा ७ जना र अन्य स्वास्थ्य कार्यालय मार्फत १९ जनाको परिक्षण भएको हो । 

जिल्ला अस्पतालमा ७ जना र अन्य स्वास्थ्य संस्थामा १९  जना गरी २६ जनामा गरिएको भनिएको परिक्षण जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेकाहरुको आरडीटी भएको कार्यालयले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब निरीक्षक मोहनबहादुर खाँणका अनुसार अहिलेसम्म नवलपुरमा हिरासतमा रहेका ३४ जनाको र्यापिड टेष्ट भएको छ ।

आज प्राप्त नेगेटिभ स्वाव नतिजा गैंडाकोटका ३ जना र कावासोतीका २ जनाको रहेको कार्यालय प्रमुख चापागाईले बताउनुभएको छ ।

अहिलेसम्म नवलपुरमा ३ सय १६ जनाको आरडीटी परिक्षण भएकामा सबै नेगेटिभ पुष्टि भएको छ । 
अहिलेसम्म नवलपुरबाट परिक्षणका लागी पठाईएका ३९ स्वाव नमूना सबै नेगेटिभ रहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

यस्तै, हिजो भरतपुर अस्पतालमा मृत्यु भएकी भनिएकी एक युबतीको स्वावको रिपोर्ट समेत नेगेटिभ आएको भरतपुर कोरोना अस्थायी अस्पताल स्रोतले जनाएको छ ।

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *