Sunday, April 19, 2020


खगेन्द्र पराजुली, 
७ बैशाख, नवलपुर । 

जिल्ला प्रहरी कार्यालय नवलपुरले डाँका मुद्धामा संलग्न १ जना र हातहतियार खरखजना मुद्धाका १ जना गरी २ जनालाई जेल चलान गरेको छ । 

नवलपुर प्रहरी कार्यालयका सुचना अधिकृत प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणका अनुसार गत फागुन २५ गते अरुणखोलामा केन्द्रीय कार्यालय रहेको नवप्रतिभा साकोसको सर्दी सेवाकेन्द्रको नगद तथा चेक डकैती गरेको आरोपमा पक्राउ परेका बिनयी त्रिबेणी ५ का ३२ बर्षका गमबहादुर सारुलाई र चैत्र ६ गते आफ्नै घरमा अबैध रुपमा हातहतियार निर्माण, मर्मत सम्हार गर्ने हातहियार गोली गठ्ठा समेत संचित गरी राखेको अवस्थामा पक्राउ परेका हुप्सेकोट २ को चपाहाका ताराबहादुर बिकलाई पुर्पक्षको लागि चितवन कारागार थुनामा जेल चलान गरिएको हो । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *