Sunday, April 5, 2020


खगेन्द्र पराजुली, 
२३ चैत्र, नवलपुर ।  

देबचुली नगरपालिकामार्फत बितरण गर्न ५ सय थान कपडाको मास्क स्थानीय एक गार्मेन्टले हस्तान्तरण गरेको छ । 

आज आईतवार दलदलेको आँचल एण्ड रियान्स गार्मेन्टले कोरोना संक्रमणको जोखिममा महत्वपूर्ण मानिने मास्क नगरका बिभिन्न ठाउँमा बितरण गर्नका लागी देबचुली नगरपालिकालाई हस्तान्तरण गरेको हो । 

कम्पनीका सञ्चालक चिरन पाण्डेले नगरपालिकामा पुगी नगर उपप्रमुख पार्वता तिवारीलाई मास्क प्रदान गर्नुभएको हो । 

उपप्रमुख तिवारीले प्राप्त मास्क कोरोना लगायत अन्य सरुवा रोगको संक्रमण न्यूनीकरणमा उपयोगी हुने भएकाले यसलाई छिटै नगरभित्र मास्क नपाएर प्रयोग नगरेका तथा किन्न नसकेकालाई बाडिने  बताउनुभयो । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *