Sunday, April 5, 2020


खगेन्द्र पराजुली, 
२३ चैत्र, नवलपुर । 

नवलपुरको देबचुली १ का एकजना गैंडाको आक्रमणबाट  घाईते भएका छन् । आज आईतवार दिउँसो दिब्य मध्यबर्ती सामुदायिक बनमा स्थानीय ४४ बर्षका सन्तबहादुर बोटे गैंडाको आक्रमणबाट घाईते भएको स्थानीय कुष्माखर काफ्लेले जानकारी दिनुभयो । 



अहिले घाईतेलाई प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौलीमा उपचारका लागी पुर्याईएकोमा दुम्कौलीले प्राथमिक उपचार पछि थप उपचारका लागी भरतपुर स्थित सरकारी अस्पताल रेफर गर्ने तयारीमा रहेको स्वास्थ्य सहायक गणेश न्यौपानेले बताउनुभयो । 

स्वास्थ्यकर्मी न्यौपानेका अनुसार घाईतेको बाहिरी चोट नदेखिएको भएपनि देब्रेपट्टिको करङमा समस्या रहेको छ । 

उनी निउरो टिप्न भन्दै जंगल गएको बताईएको छ ।  



0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *