Sunday, April 5, 2020


खगेन्द्र पराजुली, 
२३ चैत्र, नवलपुर । 

लकडाउनका कारण खानेपानी खपतमा बृद्धि भएसँगै प्रगतिनगरको खानेपानी बितरण प्रणालीमा समेत प्रभाव पर्न सक्ने अनुमान गरिएको छ । 

लकडाउनका कारण सबै जना घरमै रहेका कारण साबिकको भन्दा धेरै पानी उपभोग भएको प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष खिमानन्द भुसालको भनाई छ । 

कोरोना भाईरस संक्रमणबाट जोगिने मुख्य बिधि हात धुनु भएकाले पनि पानीको खपत बढी भएको हुनसक्ने वहाँको अड्कल छ । त्यस्तै, सबै घरमै बसी नुहाउँदा, कपडा धुदा समेत सरसफाईका कारण पानीको प्रयोग बढेको छ । अहिले घरबाहिर निस्कन नपाउँदा घर बरपर फूलबारीको संरक्षण र करेसाबारीमा तरकारी लगाउने कार्यमा बृद्धि भएसँगै गार्डेन पाईपमार्फत सिचाईमा पनि खानेपानीको प्रयोग भएकाले खपत बढेको हुनसक्ने अध्यक्ष भुसालले बताउनुभयो । 

वहाँले यो समयमा पानीको प्रयोगकर्ता बढेर मात्र नभई सुख्खा खडेरीको समय भएकाले पानीको स्रोत समेत घटेको बताउनुभयो । 

अध्यक्ष भुसालका अनुसार फागुन सम्ममा प्रतिसेकेण्ड ७७ लिटरका दरले पानीको आपुर्ति तथा प्रवाह भएकोमा अहिले गर्मी बढेसँगै त्यो दर घटेर ७० लिटर प्रतिसेकेण्ड भएको छ । 

यस्तै, गत फागुनमा ७ करोड ६९ लाख लिटर पानी खपत भएकोमा चैत १ गतेदेखि आजसम्ममा फागुनमा खपत भएको पानीको मात्रा नाघेकाले चैत्र महिनाभरी ८ करोड १० लाख लिटर पानी खपत हुने सर्बेक्षणले देखाएको छ ।

अहिले औषतमा प्रगतिनगर खानेपानीको प्रयोगमा प्रति एक ब्यक्ति फागुनमा भन्दा चैत्रमा ६ लिटर प्रतिदिनले बढेकाले उपभोक्तालाई अनाबश्यक पानी प्रयोगमा मितब्ययी भईदिन पनि अध्यक्ष भुसालको आग्रह छ । 

वहाँले आम उपभोक्तालाई आवश्यकता भन्दा धेरै पानी सकभर प्रयोग नगर्न आग्रह गर्नुभएको छ । त्यस्तै, सबै सेवा क्षेत्रमा पानीको ब्यवस्थापन गर्नुपर्ने हुदा कुनै पनि समयमा पानी बितरणमा लोडसेडिङ अपनाउनुपर्ने अवस्था आउनसक्ने भएकाले दिउँसो र रातीको समयमा आ–आफ्ना पानी ट्याङ्की, ड्रम, गाग्री भरेर राख्न समेत आग्रह गर्नुभएको छ । 

प्रगतिनगर खानेपानीले २४ सै घण्टा पानी बितरण गरिरहेको छ । अहिले बिहान र बेलुका अत्याधिक पानी प्रयोग भएको छ । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *