२३ चैत्र, गैंडाकोट ।
एनआईसि एसिया बैंक अमरापुरी शाखाले गैंडाकोट १३ लाई एकद्धार प्रणाली मार्फत् लक्षित बर्गमा पुर्याउन राहत सहयोग प्रदान गरेको छ ।
शाखा प्रबन्धक ताराविक्रम पौडेलले वडाअध्यक्ष पदम पौडेललाई ५० हजार रुपैया बरावरको १० क्वीन्टल चामल आज हस्तारण गर्नुभएको हो ।
वडाभित्र रहेका ज्यालामजदुरी गरी खाने परिवार तथा बिपन्न बर्गसम्म सिधै खाद्य बस्तु पुगोस् भनेर जिन्सी चामल नै प्रदान गरेको प्रबन्धक पौडेलले जानकारी दिनुभयो ।
वडाध्यक्ष पौडेलले नगरपालिकाबाट वडामार्फत् राहतका प्याकेज शिघ्र बितरण गर्न प्याकेज आजै जिम्मामा आएकाले थप सहयोग समेत समेटेर बितरण गर्ने बताउनुभयो ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment