Sunday, April 5, 2020


उर्मिला यादव, 
 चैत २३, नवलपरासी । 

सुस्ता ३ रेवारेतास्थित भित्री बाटोमा प्रहरीले लागु औषध सहित १ जनालाई पक्राउ गरेको छ । 

प्रहरीले सुस्ता २ गुदरीयाका ३७ बर्षका रंगलाल गुप्तालाई आज आईतवार पक्राउ गरेको हो । 

प्रहरी चौकी  कुडियाको प्रहरी गस्ती टोलीले शंका लागी चेकजाँच गर्ने क्रममा गुप्तालाई  लागुऔषधसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । 

भारतीय नम्वरको ए पि ५७ आर ८२७१ नम्बरको मोटरसाइकलमा सवार गुप्ताको साथबाट  स्पास्मो ५ सय ७६ क्याप्सुल , नाइट्रोभेट  १ सय ४६ ट्यावलेट,  फेनरागन ९ एम्पुल, आइ पि पि एल ९ एम्पुल र ओनरेक्स १ सय एमएलका ८ बोतल  फेला परेको प्रहरीले जनाएको छ । 

गुप्तालाई नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य  भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक बिरेन्द्र थापाले  जानकारी दिनुभयो । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *