Friday, April 17, 2020


खगेन्द्र पराजुली, 
५ बैशाख, नवलपुर । 

देबचुलीबाट हिजो स्वाव परिक्षणका लागी भरतपुर पठाईएका ५ जनाकै रिपोर्ट नेगेटिभ आएको छ । 
योसँगै देबचुलीबाट गरिएका ६ वटा स्वाव परिक्षणको नतिजामा ६ जनामै कोरोना संक्रमण भाईरस नदेखिएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ । 

कार्यालय प्रमुख केशवप्रसाद चापागाईले दिनुभएको जानकारी अनुसार हिजो बिहीवार देबचुलीको रजहरमा रहेको रजहर सामुदायिक प्राकृतिक चिकित्सालयबाट स्वाव संकलन गरी परीक्षणका लागी भरतपुर कोरोना अस्थायी अस्पताल पठाईएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको हो । 

देबचुलीबाट हिजो पठाईएका ५ वटा स्वाव २ जना भारतवाट आएका, १ जना बिरगञ्जबाट आएका, १ जना काठमाण्डौ र १ जना डोल्पाबाट आएकाको रहेको देबचुली नगर स्वास्थ्य शाखाले जनाएको छ । 

स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठका अनुसार १ जना महिला र ४ जना पुरुषको स्वाव परीक्षणका लागी पठाईएको थियो । जसमा चैत्र ३० गते भारतवाट आएकी १४ नम्वर वडाकी एक महिला, बैशाख १ गते भारतवाटै आएका ११ नम्वर वडाका एक पुरुष,  बैशाख १ गते नै बिरगञ्जबाट आएका १२ नम्वरका एक पुरुष र बैशाख १ गते नै काठमाण्डौबाट आएका ३ नम्वर वडाका एक जना हुन् । 

त्यस्तै डोल्पाबाट आएका भनिएका देबचुली १० का भने पहिले नै आएका भएपनि रुघाखोकीको लक्षण देखिएकाले स्वाव परिक्षण गरेकोमा उनको रिपोर्ट पनि नेगेटिभ आएको छ । 

यी मध्ये २ जना सामुदायिक क्वारेन्टाईनमा थिए भने २ जना होम क्वारेन्टाईनमै बसेका थिए । 

योसँगै नवलपुरका ३४ जनाको स्वाव परीक्षण भएकोमा कसैमा पनि कोरोना संक्रमण देखिएको छैन । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *