Thursday, April 16, 2020


खगेन्द्र पराजुली, 
४ बैशाख, नवलपुर । 

देवचुली नगरपालिका वडा नम्बर ९  र १० का बिभिन्न स्थानमा गाँजाका बोट नष्ट गरिएको छ । 

आज सम्वन्धित वडाका वडाध्यक्ष सहित जनप्रतिनिधि, स्थानीय आमा समूह, क्लवका प्रतिनिधि र सुरक्षाकर्मी सहितको एक समूहले अभियानकै क्रममा गाँजा नष्ट गरेका हुन् । 

२ वटा वडामा गरी ६ भारी गाँजाको बोटबिरुवा फडानी गरेर भिन्दाभिन्दै ६ ठाउँमा आगो लगाई नष्ट गरिएको वडा नम्वर ९ का अध्यक्ष मेख बहादुर थापा सारुले बताउनुभयो । 

वहाँका अनुसार गाँजा खेती नै गर्ने उदेश्य नभई प्राय वडाका किसानका गोठ पछाडी औषधिका रुपमा प्रयोग गर्न हुक्रिएका बिरुवाहरु थिए । भने वडा नम्वर १० अन्तर्गत लोकाहा खोला नजिक रहेको मन्दिर वरपर सार्वजनिक चौरमा गाँजाका बिरुवा रहेका थिए । 

वडा नम्वर ९ अन्तर्गत प्राय पशुपालक कृषकले पशुहरुलाई पखाला लाग्दा औषधिका रुपमा प्रयोग गर्न हुर्काएको बताएपनि गाँजा लागु औषधका रुपमा प्रयोग हुने बनस्पति भएकाले आईन्दा यसको संरक्षण नगर्ने शर्तमा गाँजा भेटिएका घरका बासिन्दालाई चेतावनी दिईएको वडाध्यक्ष सारुले बताउनुभयो । 

यहाँ देबचुलीबाटै केही दिन अगाडी ७ किलोभन्दा धेरै गाँजा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको थियो । 

फोटो सौजन्य दीपक भटराई देबचुली ९







0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *