खगेन्द्र पराजुली,
४ बैशाख, नवलपुर ।
नवलपुरमा आज बिहीबार ८ जनाको र्यापिड टेष्ट भएको छ भने ४ जनाको स्वाव परिक्षणको नतिजा आएको छ ।
आज परिक्षण भएको आरडीटी र प्राप्त स्वावको नतिजा नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
योसँगै नवलपुरमा २ सय १५ जनाको र्या्िपड टेष्ट भएको कार्यालय प्रमुख केशवप्रसाद चापागाईले जानकारी दिनुभयो । हिजोसम्म नवलपुरमा २ सय ७ जनाकोे र्यापिड टेष्ट भएको थियो ।
आज नवलपुरको गैंडाकोटमा १ जना, देबचुलीमा २ जना, मध्यबिन्दुमा २ जना, बिनयी त्रिबेणीमा २ जना र जिल्ला अस्पतालबाट १ जनाको आरडीटी भएको हो ।
यस्तै, गैंडाकोटका ३ जना र मध्यबिन्दुका १ जनाको गरी ४ जनाको स्वाव रिपोर्ट नेगेटिभ आएको कार्यालय प्रमुख चापागाईले जानकारी दिनुभयो ।
यस्तै आज देबचुलीबाट ५ जनाको स्वाव संकलन गरी परीक्षणका लागी भरतपुर पठाईएको समेत वहाँले बताउनुभएको छ । आज संकलन गरी पठाईएको नमूनाको रिपोर्ट प्राप्त भएको छैन ।
देबचुलीबाट आज भारतबाट आएका २ जना र ३ जना बाहिरी जिल्लाबाट आएकाहरुको स्वाव परीक्षणका लागी पठाईएको छ ।
अहिलेसम्म नवलपुरका २९ स्वाव र २ सय १५ आरडीटी गरी २ सय ४४ कै रिपोर्ट नेगेटिभ रहेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख केशवप्रसाद चापागाईले बताउनुभयो ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment