खगेन्द्र पराजुली
४ बैशाख, नवलपुर ।
देबचुली नगरपालिकाले कृषि प्रयोजनमा जोत्ने ट्रयाक्टरको भाडादर कायम गरेको छ । लकडाउन अवधिभर नगरपालिकाका सिचाईयोग्य जमिनमा तत्काल खाद्य वाली लगाई उत्पादन बृद्धि गर्न भन्दै यस्तो निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।
प्रतिघण्टा १ हजार ८ सय रुपैंया रहेकोमा ३ सय रुपैंया घटाएर १ हजार ५ सय कायम गरिएको प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद भुसालले जानकारी दिनुभयो ।
नगरपालिकाले यस अघि पनि खाद्यान्न तथा तरकारी उत्पादनका लागी सिंचाई पहुच भएका जमिन उपयोग गर्न नगरबासीलाई आह्वान गरेको थियो ।
नगरपालिकाले यस अघि पनि खाद्यान्न तथा तरकारी उत्पादनका लागी सिंचाई पहुच भएका जमिन उपयोग गर्न नगरबासीलाई आह्वान गरेको थियो ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment