खगेन्द्र पराजुली
३ बैशाख, नवलपुर ।
नारायणी नदीमा डुंगा पल्टदा १ किशोरी बेपत्ता भएकी छन् ।
आज बुधबार मध्यबिन्दु २ कोल्हुवा स्थित नारायणी पारी जंगलमा निउरो टिप्न गएर फर्केका ३ जना किशोरी र डुंगा चलाउने १ मध्येका १ किशोरी बेपत्ता भएकी हुन् ।
नारायणीमा हराउने मध्यबिन्दु २ की १४ बर्षीया किशोरी कञ्चना महतो रहेको नवलपुर प्रहरी कार्यालयले जनाएको छ ।
चितवन राष्ट्रिय निकृञ्जमा निउरो टिपेर डुंगामा वारी आउने क्रममा आज दिउँसो डुंगा दुर्घटना भएको हो ।
चार जनामध्ये ३ जनालाई एक स्थानीय युवकले एक्लै उद्धार गरेको मध्यबिन्दु २ का वडाध्यक्ष नारायण पौडेलले बताउनुभयो ।
उद्धार गर्ने युवक संयोगले घटनास्थलको नजिकै भएकाले तत्काल ३ जनाको सकुशल उद्धार भएको वडाध्यक्षको भनाई छ ।
उद्धार गरिएका सबैको अवस्था सामान्य छ ।
नारायणीमा हराईरहेकी कञ्चनाको अहिले राती साढे ९ बजेसम्म खोजी गर्दा समेत फेला पार्न नसकिएको वडाध्यक्ष पौडेलले जानकारी दिनुभयो ।
अहिले रातीमा गैंडा लगायत अन्य बन्यजन्तुको समेत डर भएकाले खोजी कार्य रोकिएको छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment