खगेन्द्र पराजुली,
३ बैशाख, नवलपुर ।
नवलपुरमा आज बुधवार २७ जनाको र्यापिड टेष्ट भएको छ । आज परिक्षण भएका सबै नमूनाको नतिजा पनि नेगेटिभ आएको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।
योसँगै नवलपुरमा २ सय ७ जनाको र्यापिड टेष्ट भएको कार्यालय प्रमुख केशवप्रसाद चापागाईले जानकारी दिनुभयो । हिजोसम्म नवलपुरमा १ सय ८० जनाकोे र्यापिड टेष्ट भएको थियो ।
आज नवलपुरको गैंडाकोटमा २ जना, मध्यबिन्दुमा २० जना, बिनयी त्रिबेणीमा १ जना, र बौदीकालीमा ४ जनाको परिक्षण भएको हो ।
यस्तै, देबचुलीका १ जनाको घाँटीको स्वाव रिपोर्ट समेत आएको छ । भरतपुरबाट पठाईएको रिपोर्टको नतिजा नेगेटिभ आएको कार्यालय प्रमुखले जानकारी दिनुभयो ।
अहिलेसम्म नवलपुरका २५ जनाको थ्रोट स्वाव परिक्षण भएको छ ।
स्वाव तथा आरडीटी परिक्षण भएका नवलपुरका २ सय ३२ बटै नमूना नेगेटिभ रहेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख केशवप्रसाद चापागाईले बताउनुभयो ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment