देबभूमी खवर–
२५ चैत्र, नवलपुर ।
कोरोना संक्रमितको उपचारमा खटीने स्वास्थ्यकर्मीको सुरक्षालाई ध्यानमा राख्दै धौलागिरी अञ्चल अस्पताल बागलुङमा ‘ग्लोब वाल सिस्टम’को सुरक्षा कवच निर्माण गरिएको छ ।
कोरियाले अपनाएको यो प्रविधिलाई राष्ट्रिय आविस्कार केन्द्रको पहलमा विकसित गरिएको हो । ‘कोरोनाको परीक्षणका लागि स्वाब लिन कोरियाले अपनाएको बिधिलाई इन्टरनेटमा हेरेर हामीले अपनाएका छौं’ राष्ट्रिय आविस्कार केन्द्रका अभियान्ता महाविर पुनले भने, ‘यो कुनै नयाँ प्रबिधि होईन, डाक्टर बचाउने उपाय हो ।’
कोरोनाको आशंका भएका बिरामीको नमुना संकलन र चेकजाँचका लागि समेत चिकित्सकहरुलाई सहज बनाउनका लागि यो प्रबिधि अपनाईएको पुनले बताए ।
सिलिकनले सबै ठाउँ टालिएकाले यसमा हावा समेत छिर्दैन । बागलुङका होमियोप्याथीक चिकित्सक कृष्ण कुमार शैंजुको पहलमा राष्ट्रिय आविस्कार केन्द्रले अञ्चल अस्पतालसँग सहकार्य गरेको हो ।
यो सिष्टम निर्माणका लागि ७० हजार खर्च भएको शैजुको भनाई छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment