दयाराम आचार्य
कावासोती, चैत २५ ।
नवलपुरको गैंडाकोटमा स्कुटर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । सोमबार राति गैंडाकोट नगरपालिका –५, स्थित भित्रि सडक खण्डमा स्कुटर आफै अनियन्त्रीत भएर पल्टिदा गैंडाकोट नगरपालिका वडा नम्बर –५ बस्ने ५२ बर्षका टक बहादुर गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिनुभयो ।
स्कुटर पल्टिदा गम्भिर घाइते भएका गुरुङको उपचारका क्रममा भरतपुर जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरी नायव उपरीक्षक खाँणले जानकारी दिनुभयो ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment