Wednesday, April 1, 2020

खगेन्द्र पराजुली, 
१९ चैत्र, नवलपुर । 

संकेतात्मक फाईल फोटो

अकस्मात आगोलागी हुदाँ हुने क्षतिलाई न्यूनीकरण गर्न प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले  २ स्थानमा दमकलले पानी भर्न मिल्ने ठाउँको सफल परिक्षण गरेको छ । 
संस्थाका अध्यक्ष खिमानन्द भुसालका अनुसार देवचुली १४, कैलाश चोक र देवचुली ११, धारापानी चोकमा २ ठाउँमा फायर हाईड्रेण्टको परिक्षण गरिएको हो । वहाँले यो परिक्षण सफल भएकाले भबितब्यका बेला दमकललाई पानी लिन टाढा जानुनपर्ने बताउनुभयो । 
वहाँले संस्थाको सेवाक्षेत्रका अन्य चोकहरुमा समेत यस्ता फायर हाईड्रेण्ट निर्माण गरिने बताउनुभयो । 
वहाँले गर्मी बढेसंगै आगोलागीको जोखिम बढेकाले सतर्क रहन समेत अनुरोध गर्नुभएको छ । 
गत अशोज ३० गते सम्पन्न संस्थाको २२ औं बार्षिक साधारण सभाले  फायर हाईड्रेण्ट बनाउने कार्ययोजना पारित गरेको थियो । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *