खगेन्द्र पराजुली,
१९ चैत्र, नवलपुर ।
जिल्ला प्रशासन कार्यालय नवलपुरले कोभिड १९ सँग सम्वन्धित जिल्लाभरको गतिबिधि र सरकारी स्वास्थ्य संस्थावाट दिईएको सेवा सहितको आजको तथ्याङ्क उपलब्ध गराएको छ ।
तथ्याङक अनुसार आज जिल्लाका आठ पालिकामा रहेका सरकारी स्वास्थ्य प्रदायक संस्था र मध्यबिन्दु जिल्ला अस्पतालमा ५ सय ३९ जना बिरामी आएका छन् ।
जसमध्ये, ७९ जना ज्वरो देखिएका बिरामी आएका थिए । आज जिल्लावाट कसैको पनि नमूना संकलन गरिएको छैन भने कसैलाई अन्य अस्पतालमा रेफर समेत गरिएको छैन ।
त्यस्तै, जिल्लाभर तयारी अवस्थामा राखिएका २४ वटा आईशोलेसन बेड प्रयोगमा ल्याउनुपरेको छैन । नवलपुरमा कोही पनि आईशोलेटेड बिरामी छैनन् ।
त्यस्तै, ७ सय ४९ क्वारेन्टाईन बेडमा १ महिला र ६५ पुरुष गरी ६६ जनालाई राखिएकोमध्ये आज देबचुलीबाट १ जनालाई डिस्चार्ज गरिएको जिल्ला प्रशासन कार्यालय नवलपुरले जनाएको छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment