Saturday, April 18, 2020


खगेन्द्र पराजुली, 
६ बैशाख, नवलपुर ।  

मध्यबिन्दु नगरपालिकाका ४ वटा वडाका वडाध्यक्ष र कोल्हुवा स्थित प्रहरी कार्यालयका प्रमुख सहित बसेको बैठकले लकडाउनलाई कडाई गर्ने निर्णय गरेको छ । 

नेपालमा समेत कोरोना संक्रमितहरुको संख्या बढ्न थालेपछि वडाबासीहरुकै सुरक्षाका लागी भन्दै लकडाउनलाई प्रभावकारी बनाउन अत्यावश्यक बाहेकका काममा बाहेक सवारी साधनदेखी हिडडुल गर्न समेत कडाई गर्ने निर्णय गरिएको मध्यबिन्दु १ का वडाध्यक्ष लिलाराम थारुले जानकारी दिनुभयो । 

त्यस्तै, दैनिक अत्यावश्यकका पसल समेत बिहान ७ बजेदेखी ९ बजेसम्म मात्र २ घण्टा खोल्न पाउने निर्णय गरेको छ । 

वहाँका अनुसार मध्यबिन्दु नगरपालिकाका वडा नम्वर १ देखी ४ का सबै क्षेत्रमा लकडाउन अवधिभर लागु हुने गरी यस्तो निर्णय गरिएको हो । वहाँले एक वडाबाट अर्को वडामा समेत आउजाउ गर्न नपाईने बताउनुभयो । 
मध्यबिन्दु नगरपालिका अन्तर्गत  यी ४ वटा वडा साबिक कोल्हुवा गाबिस पुरै र नारायणी गाबिसको केही क्षेत्र पर्दछ । 

लकडाउनको पूर्ण रुपमा पालना गर्न सम्वन्धित वडाका पतवारी, कोल्हुवा, गुँडचरी, पनौती, लेडाहा लगायतका गाउँका स्थानीयलाई आग्रह गरिएको जनाईएको छ । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *