खगेन्द्र पराजुली,
६ बैशाख, नवलपुर ।
नवलपुरमा आज शनिवार २५ जनाको र्यापिड टेष्ट भएको छ ।
आज परिक्षण भएका २५ जनाकै आरडीटीको नतिजा नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
योसँगै नवलपुरमा २ सय ५३ जनाको र्यापिड टेष्ट भएको कार्यालय प्रमुख केशवप्रसाद चापागाईले जानकारी दिनुभयो । हिजोसम्म नवलपुरमा २ सय २८ जनाकोे र्या्िपड टेष्ट भएको थियो ।
आज नवलपुरको गैंडाकोटका १५ जना, देबचुलीका १ जना र बुलिङटारका ९ जनाको गरी २५ जनाको आरडीटी भएको हो ।
परीक्षण भएका सबै नमूनाको रिपोर्ट नेगेटिभ आएको कार्यालय प्रमुख चापागाईले जानकारी दिनुभयो ।
अहिलेसम्म नवलपुरका ३४ जनाको स्वाव परिक्षण भएकोमा सबैको रिपोर्ट नेगेटिभ रहेको समेत जनाईएको छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment