Monday, April 27, 2020


खगेन्द्र पराजुली
१५ बैशाख, नवलपुर । 

किवानिस ईन्टरनेशनल तथा सिभिटान क्लवका प्रतिनिधि दीपक भण्डारीले देबचुलीका एक जना अपाङ्गता भएका ब्यक्तिलाई ह्वील चेयर प्रदान गर्नुभएको छ । 

देबचुली १५ सालघारीका झाक्री बुढा भनेर चिनिने बलराम तामाङलाई सहयोगी सामाग्रीको रुपमा भण्डारीले ह्वील चेयर उपलब्ध गराउनुभएको स्थानीय जीवन श्रेष्ठले जानकारी दिनुभयो । 

बिगत २ बर्षदेखि अपाङ्गता जीवन यापन भोग्नुभएका बृद्ध तामाङको आर्थिक अवस्थामा समेत कमजोर रहेकाले सहयोग गर्न आग्रह गरेपछि किवानिस प्रतिनिधी भण्डारीले सहयोग गर्नुभएको श्रेष्ठले बताउनुभयो । 

ती तामाङका दुइ वटै खुट्टा नचल्ने भएको २ बर्षभन्दा बढी भएको जनाईएको छ ।

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *