Monday, April 27, 2020


खगेन्द्र पराजुली, 
१५ बैशाख, नवलपुर । 

नवलपुरका ईटा उद्योगी धराशायीको अवस्थामा पुगेको ईटा उद्योगीले नै बताएका छन् । देबचुलीको केउरेनीका माता मनकामना ईटा उद्योगका संचालक तथा नवलपुर ईटा उद्योग संघका सचिव कृष्ण गौतमले नवलपुरका ईटा उद्योगी नराम्ररी डुबेको बताउनुभएको छ । 

वहाँले हिउँदको समय ईटा उत्पादनको उपयुक्त समय हुदाहुदै पनि गएको हिउँदमा परेको अनियमित बर्षा र झरीका कारण करोडौं मुल्य बरावरका ईटा नष्ट हुदा कच्चा पदार्थ सहित उत्पादनको लागत समेतमा नोक्शानी बेहोर्नुपरेको अवस्था आएको सुनाउनुभयो । 

उद्योगी गौतमले सो नोक्शानीलाई सहेर पनि अनुकुल मौषमलाई उपयोग गर्न सकिने चैत्र महिना पनि बिश्वभर महामारीका रुपमा फैलिएको कोरोना संक्रमणका कारण सिर्जित पछिल्लो अवस्था लकडाउनले गर्दा सबै क्षेत्रमा परेको असर ईटा उद्योगमा सबैभन्दा बढी परेको बताउनुभयो । 

नवलपुरमा मात्रै नौ वटा ईटा उद्योग सञ्चालनमा छन् । यहाँका ईटा उद्योगमा कार्यरत नेपालभित्रका मजदुरहरु लकडाउनकै अवधिमा घर गएका छन् । अहिले पनि भारत घर भएका ५ सय भन्दा बढी मजदुर आफु कार्यरत उद्योगमा बसेका छन् । उनीहरुको खानपानदेखि सबै खर्च ईटा उद्योग मालिकले नै गर्दै आईरहेका छौं । काम गर्ने परिस्थिति छैन । यदि अव उद्योग सञ्चालन गर्न पाईहाले पनि कच्चा पदार्थ समेतको अभाव छ । अवको मौषम ईटा उत्पादनका लागी उपयुक्त पनि मानिदैन । बर्षा लाग्ने बेला भईसक्यो । वहाँले भन्नुभयो । 
वहाँले यसको प्रभाव निर्माणमा समेत पर्ने बताउनुभयो । 

नवलपुरको ईटा चितवन, तनहुँ, गोर्खा, लमजुङ, पर्वत, कास्की लगायतका जिल्लामा पुग्ने गरेको बताउँदै गत मंसीर यता नियमित उत्पादन गर्न नसकिएकाले र अव पनि सहज परिस्थिति भईहाले पनि अशोज यता राम्रोसँग उत्पादन गर्न नसकिने हुदा उद्योगीले उद्योगको स्वरुप बदल्न सक्ने सम्भावना बढेको बताउनुभएको छ । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *