Sunday, April 26, 2020


खगेन्द्र पराजुली, 
१४ बैशाख, नवलपुर । 

नवलपुरमा आज आईतवार ३० जनाको र्यापिड  टेष्ट भएको छ भने थप ६ जनाको स्वाव परिक्षणको रिपोर्ट आएको छ । योसँगै नवलपुरमा र्यापिड टेष्ट गर्नेको संख्या ८ सय ५५ र स्वाव परीक्षणको संख्या ५३ पुगेको छ । 

यी सबै गरिएका परिक्षण नेगेटिभ रहेको जिल्ला स्वास्थय कार्यालय नवलपुरले जनाएको छ । 

आज गरिएको आरडीटीमा देबचुलीका १ जना, कावासोतीमा २१ जना, बिनयी–त्रिबेणीमा ३ जना, जिल्ला अस्पतालमा ५ जनाको परिक्षण भएको हो । 

यस्तै आज प्राप्त स्वाव परिक्षणमा गैंडाकोटबाट २ जना, कावासोतीका २ जना र मध्यबिन्दुका २ जना गरी ६ जनाको स्वाव परीक्षण रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख केशवप्रसाद चापागाईले जानकारी दिनुभयो ।  

यस्तै, नवलपुरमा फेरी थप २ सय ६० किट प्राप्त भएको कार्यालय प्रमुख चापागाईले बताउनुभयो । 
वहाँका अनुसार जिल्ला अस्पतालमा ६० र अन्य पालिकामा किट पठाईसकिएको छ । 
अहिलेसम्म नवलपुरमा किट अभाव नभएको समेत वहाँले बताउनुभयो । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *