Tuesday, April 14, 2020


खगेन्द्र पराजुली, 
२ बैशाख, नवलपुर । 

नवलपुरमा अहिलेसम्म १ सय ८० जनाकोे र्या्पिड टेष्ट सम्पन्न भएको छ । परीक्षण भएका सबै नतिजा नेगेटिभ रहेको जिल्ला स्वास्थय कार्यालयले जनाएको छ । 

स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईका अनुसार आज ४० जनाको परीक्षण् भएको हो ।
  
आज नवलपुरको गैंडाकोटमा ५जना, देबचुलीमा ५ जना, मध्यबिन्दुमा २० जना, बिनयी त्रिबेणीमा २ जना, हुप्सेकोटमा ३ जना, बुलिङटारमा १ जना र बौदीकालीमा ४ जनाको परिक्षण भएको हो । 

यस्तै, आज गैंडाकोटका १ जना र कावासोतीका २ जना गरी ३ जनाको घाँटीको स्वाव समेतको रिपार्ट आएको छ । ती तीनै नमूनाको रिपार्ट नेगेटिभ आएको जनाईएको छ । 

अहिलेसम्म नवलपुरका २४ जनाको थ्रोट स्वाव परिक्षण भएको छ । 

स्वाव तथा आरडीटी परिक्षण भएका नवलपुरका २०४ नमूना नेगेटिभ रहेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख केशवप्रसाद चापागाईले बताउनुभयो ।  

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *