देबभूमी खवर–
२ बैशाख, नवलपुर ।
भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुने मानिसको संख्या १० हजार ५ सय नाघेको छ । एकै दिन १ हजार बढी संक्रमित फेला परेपछि भारतमा कुल संक्रमितको संख्या १० हजार ५ सय ४१ पुगेको हो ।
वल्डओमिटरले सार्वजनिक गरेको तथ्याङ्क अनुसार, कोरोना संक्रमणबाट भारतमा मृत्यु हुनेको संख्या ३ सय ५८ पुगेको छ ।
भारतमा १ हजार २ सय ५ जना संक्रमित भने निको भएका छन् ।
भारतमा पछिल्लो २४ घण्टामा मात्रै यो संक्रमणका कारण २७ जनाको मृत्यु भएको हो ।
आज बिहान ६ बजेदेखि १२ बजेसम्म ६ घण्टामा भारतमा ८८ जना नयाँ संक्रमित भेटिएका छन् ।
भारतको महाराष्ट्रमा मात्र अहिलेसम्म एक सय ६० जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ भने दुई हजार तीन सय भन्दा बढी मानिसमा यो भाइरसको संक्रमण देखिएको छ ।
त्यस्तै, मध्य प्रदेशमा ४३, दिल्लीमा २८ र गुजरातमा २६ जनाको मृत्यु भइसकेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
लकडाउनकै बीच भारतमा कोरोना संक्रमण बढेको हो ।
प्रकोप न्यूनीकरणका लागि भारतले आज पुनः लकडाउन ३ साता लम्ब्याउने निर्णय गरेको छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment