Tuesday, April 14, 2020


देबभूमी खवर–
२ बैशाख, नवलपुर । 

अगिल्लो दिनको तुलनामा आज मंगलवार बिहानसम्ममा बिश्वमै कोरोनाबाट ज्यान गुमाउनेको संख्या सरदरमा बरावरै रहेको छ ।  त्यस्तै, नयाँ संक्रमित हुनेको संख्या समेत उस्तै उस्तै रहेको छ । 

नेपाली समय अनुसार बिहान ६ बजे हिजोको तुलनामा हताहती हुने संख्या बिश्वभर ८ जना मात्रैले धेरै भयो भने नयाँ संक्रमितको संख्यामा ७ सय २३ ले कमी आएको हो । 

२४ घण्टाभित्रका नयाँ सक्रमितः ७१ हजार ७ सय ९१
२४ घण्टा अगाडी ४८ घण्टा बीचको संक्रमितः ७२ हजार ५ सय १४
२४ घण्टाभित्रका मृत्यु संख्याः ५ हजार ४ सय २३
२४ घण्टा अगाडी ४८घण्टा बीचको मृत्यु संख्याः ५ हजार ४ सय १५

२ सय १० देश र दुई वटा अन्तराष्ट्रिय पानी जहाजमा संक्रमण फैलिँदा अहिले मध्यान्हको १२ बजेको समयसम्ममा बिश्वभर १९ लाख २५ हजार ५ सय ५३ मा संक्रमण पुष्टि भएकोमा ४ लाख ५२ हजार १ सय ७८ मानिस उपचारपछि निको भएको वल्डओमिटरले जनाएको छ ।

कोरोनाका कारण बिश्वभर १ लाख १९ हजार ७ सय १८ जनाकोे ज्यान गएको छ । कोरोना संक्रमणका कारण अमेरिकामा मात्रै यस अवधिमा २३ हजार ६ सय ४४ जनाको ज्यान गएको छ । ५ लाख ८७ हजार १ सय ५५ जनामा संक्रमण पुष्टि भएको छ ।

बिहान ६ बजेदेखि १२ बजेसम्म ६ घण्टामा अमेरीकामा २१४ जना नयाँ संक्रमित पुष्टि भएको छ भने ४ जनाको ज्यान गुमेको छ । 

अमेरिकामा अघिल्लो दिन कोरोनाका कारण १ हजार ५ सय २८ जनाको ज्यान गएको थियो भने अहिले नेपाली समयको सोमवार बिहान ६ बजेदेखी मंगलवार बिहान ६ बजेसम्म अर्थात् पछिल्लो २४ घण्टामा १ हजार ५ सय ३५ जनाको कोरोनाले ज्यान लिएको हो ।

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *