Monday, April 13, 2020


खगेन्द्र पराजुली, 
१ बैशाख, २०७७, नवलपुर । 

नवलपुरमा आज सोमवार ६९ जनाको र्यापिड टेष्ट सम्पन्न भएको छ । र्यापिड  परीक्षण भएका सबैको रिपोर्ट कोरोना नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईले जानकारी दिनुभएको हो । 

आज नवलपुरको कावासोतीमा १३ जना, गैंडाकोटमा ९ जना, बौदीकालीमा १ जना, बुलिङटारमा ३९ जना, बिनयी त्रिबेणीमा ५ जना र हुप्सेकोटमा २ जनाको परिक्षण भएको स्वास्थ्य कार्यालयले जनाएको हो । 

नवलपुरका अहिलेसम र्यापिड टेष्टमार्फत १ सय ३६ जनाको कोरोना परिक्षण भएको छ । 

(तस्बीर हिजो देबचुलीमा गरिएको र्यापिड टेष्टका दृश्य)

परिक्षण भएका सबै जनामा कोरोना संक्रमण नरहेको नवलपुर जिल्ला स्वास्थ्य कार्यालयले स्पष्ट पारेको छ । 

यसैगरी, गैंडाकोटका १ जनाको भरतपुर स्थित सरकारी अस्पताल मार्फत भरतपुरकै कोरोना प्रयोगशालामा गरिएको स्वाव परिक्षण समेत नेगेटिभ आएको स्वास्थ्य कार्यालयका प्रमुख चापागाईले बताउनुभयो । 

योसँगै नवलपुरबाट थ्रोड स्वाव परिक्षण भएका २१ जना र र्यापिड टेष्ट गरिएका १ सय ३६ गरी कुल १ सय ५७ जनामा कोरोना संक्रमण  नदेखिएको वहाँले बताउनुभयो । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *