खगेन्द्र पराजुली,
१० बैशाख, नवलपुर ।
नवलपुरमा कोरोना संक्रमणको प्रारम्भिक परीक्षणमा प्रयोग गर्न र्यापिड डाईग्नोष्टिक टेष्ट (आरडीटी) किट थप भएको छ ।
पहिलो चरणमा प्राप्त ४ सय ९२ किट परीक्षणका क्रममा सकिएपछि प्रदेश मातहतबाट जिल्ला स्वास्थ्य कार्यालय नवलपुरमा २ सय ६० र बुलिङटार गाउँपालिकाको स्वास्थ्य शाखामा २ सय ६० गरी ५ सय २० किट थप आएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका अनुसार हिजो मंगलवारसम्ममा ४ सय ९८ जनाको किटमार्फत द्रुत परीक्षण भएकोमा कसैमा पनि कोभिड १९ संक्रमण पोजेटिभ देखिएको छैन ।
मंगलवारसम्म नवलपुरमा ४ सय ९८ जनाको आरडी परीक्षण भएको छ । जसमा गैंडाकोटमा ७२, देबचुलीमा ५४, कावासोतीमा ३०, मध्यबिन्दुमा ७०, बिनयी–त्रिबेणीमा ७५, हुप्सेकोटमा ५१, बुलिङटारमा ७९, बौदीकालीमा ३८, मध्यबिन्दु जिल्ला अस्पतालबाट १० र जिल्ला स्वास्थ्य कार्यालय मार्फत १९ जनाको परीक्षण भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
कार्यालय प्रमुख केशबप्रसाद चापागाईका अनुसार बुलिङटारमा प्राप्त किट कालीगण्डकी करीडोरका कामदार लक्षित परीक्षणका लागी थपिएको हो ।
करीडोरमा लकडाउनको शुरुवाती समयमा ७ सय भन्दा धेरै मजदुर रहेकोमा धेरै जना घर फर्किएकाले अव ३ सयको हाराहारीमा रहेको हुनसक्ने आयोजनाका ठेकेदारलाई उधृत गर्दै बुलिङटार गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अशोककुमार श्रेष्ठले जानकारी दिनुभएको छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment