देबभूमी खवर–
१० बैशाख, नवलपुर ।
रेडियो सामर्थ्यले कावासोतीमा रहेको सेन्ट जोसेफ स्कुलको सहकार्यमा रेडियो अनलाईन कक्षा सञ्चालन गर्ने भएको छ ।
यही बैशाख १६ गतेदेखि लकडाउनका कारण प्रभावित भएको शैक्षिक क्षेत्रमा सम्वन्धित बिद्यार्थीलाई सहयोग पुगोस् भन्ने उदेश्यले शैक्षिक कक्षा कार्यक्रम सञ्चालन गर्न लागिएको रेडियोका प्रबन्ध निर्देशक सागर पोख्रेलले बताउनुभएको छ ।
कक्षा १ देखी १० सम्मका पाठ्यक्रम समावेश गरी अनलाईन र रेडियो कक्षा संचालन गर्ने तयारीमा रहेको प्रिन्सीपल कमल चापागाईले बताउनुभएको छ । वहाँले महत्वपूर्ण बिषयको छनौटको तयारी गरिएकाले अनुभवी शिक्षकबाट कक्षा सञ्चालन गरिने बताउनुभयो ।
निर्देशक पोख्रेलका अनुसार सहकार्य रहेको शैक्षिक संस्थाको र रेडियोको आधिकारीक फेसबुक पेजबाट समेत प्रशारण गरीने बताउनु भयो । रेडियोले सामाजीक उत्तरदायित्व बहन गर्दै विगत बर्षमा समेत नमुना एस.एल.सी. परीक्षा, एस एल सी चौतारी जस्ता रेडियो कार्यक्रम संचालन गरेको थियो ।
काठमाण्डौमा रहेको नेशनल मोडल साइन्स स्कुल (द नाम्स)को व्यावस्थापनमा अनलाईन तथा रेडियो कक्षा संचालन गर्न लागीएको सेन्ट जेसेफ स्कुलका प्रिन्सीपल कमल चापागाइले बताउनुभयो ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment