Thursday, April 23, 2020


खगेन्द्र पराजुली
११ बैशाख, नवलपुर । 

नवलपुरमा आज बिहीवार ४५ जनाको र्यापिड  टेष्ट भएको छ । 

आज नवलपुरमा परिक्षण भएका ४५ जनाकै आरडीटीको नतिजा नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । 

आज गरिएको आरडीटीमा गैंडाकोटका २ जना, देबचुलीका १५ जना, बिनयी त्रिबेणीका ४ जना,  बुलिङटारमा २३ जना र  जिल्ला अस्पतालमा १ जनाको परिक्षण भएको हो । 

अहिलेसम्म नवलपुरबाट परिक्षणका लागी पठाईएका ४७ स्वाव नमूना सबै नेगेटिभ रहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

अहिलेसम्म नवलपुरमा ७ सय ९२ जनाको आरडीटी भएको छ ।

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *