Thursday, April 23, 2020


देबभूमी खवर—
११ बैशाख, नवलपुर । 

नेपालमा कोरोना संक्रमितको संख्या ४८ पुगेको छ भने निको भएर १० जना घर फर्किसकेका छन् । 

आज ३ जना नयाँ संक्रमित थपिएका हुन् भने ३ जना अस्पतालबाट डिस्चार्ज भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

नियमित पत्रकार सम्मेलनमार्फत् स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर बिकास देबकोटाले २ जना नयाँ संक्रमित पुष्टि भएको र २ जना निको भई अस्पतालबाट डिस्चार्ज भएको सार्वजनिक गर्नुभएको थियो । 

त्यसपछि पुनः साँझ ७ बजेर ५० मिनेटमा मन्त्रालयका सह–प्रबक्ता डा. समिरकुमार अधिकारीले पछिल्लो अद्यावधिक तथ्याङ्कमा १ जना संक्रमित थपिएको पुष्टि गर्नुभएको हो । 

आज संक्रमण पुष्टि हुनेमा उदयपुरकी ५५ बर्षीया महिला, धनुषाका १४ बर्षका किशोर र भोजपुरका २६ बर्षका युवक रहेका छन् त्यस्तै कैलालीकी एक महिला र सनसिटी अपार्टमेण्टका २ जना आमा र छोरा सहित ३ जना निको भएर घर फर्केका छन् । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *