खगेन्द्र पराजुली,
१२ बैशाख, नवलपुर ।
नवलपुरमा आज शुक्रवार ३१ जनाको र्यापिड टेष्ट भएको छ ।
आज नवलपुरमा परिक्षण भएका ३१ जनाकै आरडीटीको नतिजा नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
आज गरिएको आरडीटीमा गैंडाकोटका १ जना, देबचुलीका ६ जना, बुलिङटारमा १९ जना र जिल्ला अस्पतालमा ५ जनाको परिक्षण भएको हो ।
अहिलेसम्म नवलपुरबाट परिक्षणका लागी पठाईएका ४७ स्वाव नमूना सबै नेगेटिभ रहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment