खगेन्द्र पराजुली,
१२ बैशाख, नवलपुर ।
सरकार र प्रशासनको निर्देशनको धज्जी उडाउँदै कावासोतीका केही बिपन्न बस्तीमा आफुखुशी राहत बितरण भएको छ ।
कावासोती १२ पिठौलीका वडाध्यक्ष खेमप्रसाद काफ्लेले आज मात्रै केही युवाहरुले माझी मुसहर बस्तीमा खाद्य सामाग्री बितरण गरेको भन्ने आफूले सुनेको बताउनुभयो ।
वडाध्यक्ष काफ्लेले केही अनलाईन मिडीयामा आफ्नो समेत स्वीकृतिमा र सहभागीतामा राहत बितरण गरिएको भनेर गरिएको प्रचारमा आफूलाई थाहै नभएको बताउनुभएको छ ।
नगरपालिकाले समेत एकद्धार बिधिबाटै राहत बितरण गर्ने गरी चालेको अभियानलाई बेवास्ता गर्दै बिना समन्वय आफुखुसी राहत बितरण भैरहेको छ । वहाँले भन्नुभयो ।
आज कावासोतीमा रहेको मोनीका श्रेष्ठ मेमोरियल ट्रष्ट नेपालले कावासोती १२ पिठौलिमा खाद्यान्न बितरण गरेको समाचार सार्वजनिक भएको छ ।
ट्रष्टले कावासोती १२ पिठौलीमा रहेका माझी बोटे मुसहर बस्तीका १५ घरपरिवारलाई खाद्यान्न बितरण गरेको दावी छ ।
ट्रष्टले सरकारले आव्हान गरेको लकडाउनको पालना गर्दै कावासोती १२ पिठौलीमा बितरण गरिएको कार्यक्रममा वडाध्यक्ष देबिलाल काफ्ले समेतको उपस्थितिमा राहत बितरण गरेको उल्लेख गरेको छ ।
ट्रस्टका संरक्षक समेत रहनुभएका लालचन श्रेष्ठले कसैलाई पनि खाद्यान्नको अभावमा भोकै बस्नु पर्ने बाध्यता रहेको छ भने आफुलाई जानकारी गराउन समेत आग्रह गर्नुभएको समाचारमा सार्वजनिक भएको छ ।
यता, सोही वडाका वडाध्यक्ष खेमप्रसाद काफ्लेले आफुखुसी पोका बाड्दै वडाध्यक्षको हवाला दिदै परिचय समेत फरक पारेर भ्रम सिर्जना गरी धमिलो पानीमा माछा मार्न खोजेको बताउनुभएको छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment