देबभूमी खवर—
१३ बैशाख, नवलपुर ।
नेपालमा कोरोना संक्रमितको संख्या ४९ पुगेको छ भने निको भएर ११ जना घर फर्किसकेका छन् ।
हिजो शुक्रवार १ जना नयाँ संक्रमित थपिएका हुन् भने १ जना अस्पतालबाट डिस्चार्ज भएको धौलागिरी अञ्चल अस्पतालले जनाएको छ ।
हिजो झापाका ६२ बर्षका एक पुरुषमा संक्रमण पुष्टि भएको हो भने गण्डकी प्रदेशकै पहिलो संक्रमित बाग्लुङकी एक युबती निको भएर घर फर्केकी छन् ।
योसँगै नेपालमा कोरोना संक्रमित ४९ जना पुगेका छन् भने निको हुनेको संख्या ११ पुगेको छ ।
योसँगै कोरोना संक्रमण देखिएका ११ जिल्लामध्ये काठमाण्डौ र बाग्लुङमा कोरोना पुष्टि भएका सबै जना निको भएका छन् । काठमाण्डौमा ५ र बाग्लुङमा २ जनामा कोरोनाका बिरामी फेला परेका थिए ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment