Saturday, May 2, 2020


खगेन्द्र पराजुली, 
२० बैशाख, नवलपुर । 
स्रोतः वल्डओमिटर

एसियामा कोरोना भाईरस संक्रमणले अहिले पछिल्लो समय भारतलाई ईपिसेन्टर बनाएको छ । एसियाका ४९ देशमा देखा परेको कोभिड १९ को संक्रमण पछिल्लो एक साता दैनिक १५ सय भन्दा बढी नयाँ संक्रमित थपिएसँगै एसियामा भारत ईपिसेन्टर बन्दै गएको हो । 

गएको २४ घण्टामा भारतमा झण्डै २४ सय नयाँ कोरोना संक्रमित भेटिएका छन् । यो भारतमा एकैदिन संक्रमित पुष्टि भएको अहिलेसम्मकै उच्च दर हो । 

गएको २४ घण्टामा भारतमा २ हजार ३ सय ९४ जनामा संक्रमण पुष्टि हुदा ६९ जनाको ज्यान गएको छ । भारतमा अहिलेसम्म ३७ हजार २ सय ५७ जनामा संक्रमण देखिएको छ । 

भारतमा १० हजार ७ जना निको भएको तथ्याङ्क रहेको छ भने कोरोनाले हालसम्म १ हजार २ सय २३ जनाको ज्यान लिएको छ ।  

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *