Saturday, May 2, 2020


देबभूमी खवर—
२० बैशाख । 

आत्महत्या दुरुत्साहन अभियोगमा बागलुङका एक प्रहरी जवान हिरासतमा तानिएका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङले प्रहरी जवान राकेश दवाडीलाई हिरासतमा लिएको हो । 

गत मंगलबार बागलुङ नगरपालिका–२ माझकोटमा डेरा गरी बस्ने ३३ बर्षिया सम्झना किसानले गरेको आत्महत्यासँगै फेला परेको सुसाइट नोट र परिवारले दिएको जाहेरीका आधारमा दवाडीलाई हिरासतमा लिई अनुसन्धान सुरु गरिएको प्रहरी कार्यालय स्रोतले बताएको हो । 

छोरीलाई आत्महत्या गर्न बाध्य पारिएको भन्दै मृतक सम्झना किसानका बुबा खडक बहादुर सार्कीले बुधबार जिल्ला प्रहरी कार्यालय बागलुङमा किटानी जाहेरी दिएका थिए ।

सार्कीले दिएको जाहेरीका आधारमा अनुसन्धानका लागि दवाडीलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया थालिएको प्रहरी निरीक्षक हेम केसीले जानकारी दिए । दवाडीविरुद्व आत्महत्या दुरुत्साहनअन्तर्गत मुद्धा दायर गर्ने तयारी भएको पनि केसीले बताए ।

दवाडीबिरुद्ध मुद्धा दर्ता भएर म्याद थप भएपछि परिवारले शवलाई ४ दिनपछि हिजो शुक्रबार दाहसंस्कार गरेका छन् ।

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *