Saturday, May 16, 2020


देबभूमी खवर—
३ जेठ, नवलपुर । 

चितवन, बर्दिया, पर्सा, सिराहा र सर्लाही पाँच जिल्लाका ६ जनामा आज शनिवार कोरोना संक्रमण भएको पुष्टि भएको छ । 

योसंगै नेपालमा संक्रमितको संख्या २ सय ७३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज शनिवार संक्रमण पुष्टि गरेकामा चितवनको राप्ती नगरपालिका १ गढौलीकी २५ बर्षकी महिला, बर्दिया नार्खु ११ की २८ बर्षकी महिला, पर्साको बिरगञ्ज १२ का २८ र २९ बर्ष २ जना पुरुष, सिराहा सखुवा १९ का ३० बर्षका पुरुष र सर्लाही रामनगर ४ की १८ बर्षकी किशोरी रहेका छन् । 

उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा पनि रहेको मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।

आज संक्रमण पुष्टि भएका ६ जनाकै नमूना परीक्षण काठमाण्डौस्थित राष्ट्रिय जनस्वास्थ्य प्रशोगशालामा भएको हो । 

आज संक्रमित महिला चितवनकी तेस्रो संक्रमित हुन् । चितवनमा यसअघि भेटिएका १ महिला र १ पुरुष गरी २ जना संक्रमित निको भएर घर फर्किसकेका छन् । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *