देबभूमी खवर—
२३ बैशाख, नवलपुर ।
बाँकेको नेपालगञ्जमा ७ जना नयाँ संक्रमित थपिएसँगै कोभिड १९ अर्थात कोरोना भाईरस संक्रमितको संख्या ८२ पुगेको छ ।
आज मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रकासित गरेकोे प्रेस बिज्ञप्तीमा मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले ७ जनामा कोरोना संक्रमण भएको पुष्टि गर्नुभयो ।
आज ३ जना पुरुष र ४ जना महिलामा संक्रमण पुष्टि भएको हो ।
यी सबै बाँकेको नेपालगञ्ज ८ का एकै वडाका रहेको मन्त्रालय स्रोतले जनाएको छ ।
योसँगै बाँकेको नेपालगञ्जमा मात्रै संक्रमितको संख्या २३ पुगेको छ ।
नेपालगञ्जमा शुक्रवार १ जना, आईतवार १५ जना र आज मंगलवार बिहान ७ जना कोरोनाका बिरामी फेला परेको पुष्टि भएको हो ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment