Tuesday, May 5, 2020


देबभूमी खवर–
खगेन्द्र पराजुली, २३ बैशाख, 

बिश्वब्यापी महामारी कोरोना भाईरस अर्थात कोभिड १९ को संक्रमण दर युरोप तथा अमेरीकाका देशहरुमा क्रमिक रुपमा घट्दा भारतमा भने ह्वात्तै बढेको छ । 

आज मंगलवार बिहानसम्ममा नेपालसँगको खुला सिमाना रहेको भारतमा कोरोना संक्रमितको संख्या ४६ हजार ४ सय ३७ पुगेको छ भने ज्यान गुमाउनेको संख्या पनि १ हजार ५ सय ६६ पुगेको तथ्याङ्क वल्डओमिटरले सार्वजनिक गरेको छ । 

भारतमा पछिल्लो २४ घण्टाको अवधिमा मात्रै ३ हजार ९ सय ३२ नयाँ संक्रमित थपिएका छन् यस्तै पछिल्लो चौबिस घण्टामा मात्रै १ सय ७५ जनाले ज्यान गुमाएका छन् । 

भारतमा अघिल्लो दिनको तुलनामा आज देखिएका नयाँ संक्रमितको फरक १ हजार १ सय २६ बढी छ । हिजो २ हजार ८ सय ६ जना नयाँ संक्रमित फेला परेका थिए । त्यस्तै, हिजोको तुलनामा आज १ सय ७ जना बढी बिरामीको ज्यान गएको छ । हिजो भारतमा ६८ जनाको ज्यान गएको हो । 

भारतका बिभिन्न अस्पतालहरुमा अहिलेसम्म २९ हजार ३ सय ३९ जना छन् भने ११ हजार ७ सय ७५ जना निको भएको तथ्याङ्क रहेको छ । 


0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *