खगेन्द्र पराजुली,
२३ बैशाख, नवलपुर ।
फोटोः दीपक भटराईको फेसबुक बालबाट साभार ।
नवलपुरमा आज मंगलवार १४ जनाको र्यापिड टेष्ट र ११ जनाको घाँटीको स्वाव नमूना संकलन भएको छ ।
योसँगै नवलपुरमा र्यापिड टेष्ट गर्नेको संख्या ९ सय ७४ पुगेको छ । यी सबै गरिएका आरडी परिक्षण नेगेटिभ रहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।
आज गरिएको आरडीटीमा गैंडाकोटमा ३ जना, देबचुलीमा १ जना, हुप्सेकोटमा ७ जना र जिल्ला अस्पतालमा ३ जनाको परिक्षण भएको हो ।
अहिलेसम्म परीक्षण भईसकेका नवलपुरका ६० स्वाव नमूना र ९ सय ७४ आरडी परीक्षण नेगेटिभ रहेको स्वास्थ्य कार्यालय प्रमुख केशवप्रसाद चापागाईले जानकारी दिनुभयो ।
यस्तै आज मध्यबिन्दु जिल्ला अस्पतालमा ल्याएर संकलन गरिएका ११ स्वाव नमूना परिक्षणका लागी पोखरा पठाईएको कार्यालय प्रमुख चापागाईले बताउनुभएको छ ।
वहाँले दिनुभएको जानकारी अनुसार ती ११ स्वाव गैंडाकोटका ३ जना, बिनयी त्रिबेणीका २ जना, कावासोतीका २ जना, बौदीकालीका २ जना देबचुलीका १ जना र मध्यबिन्दुका १ जनाको रहेको छ ।
स्वाव नमूनाको रिपोर्ट भोली साँझसम्म वा बिहीवार बिहानसम्ममा आउने जनाईएको छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment