Tuesday, May 5, 2020


खगेन्द्र पराजुली, 
२३ बैशख, नवलपुर । 

कोरोना भाईरस संक्रमणको जोखिम नेपालमा पनि बढ्दै गएको परिस्थितिमा ब्रोडकाष्ट एशोसियन अफ नेपाल वान गण्डकी प्रदेशले सञ्चारकर्मीको आरडी परिक्षण गर्न आग्रह गरेको छ । 

आज एक प्रेस बिज्ञप्ति प्रकाशित गर्दै वान गण्डकीका सह–संयोजक तथा सामथ्र्य एफ्एम् कावासोतीका प्रबन्धक सागर पोख्रेलले महामारीको यो बिषम परिस्थितिमा अग्रमोर्चामा रहेर सत्य, तथ्य र बिश्वसनीय खवरबाट सु–सुचित गराउँदै आएका गण्डकी प्रदेशका सञ्चारगृहका सम्पूर्ण पत्रकार तथा सञ्चारकर्मीको आरडीटी परिक्षण गर्न आग्रह गर्नुभएको हो । 

बिज्ञप्तिमा कोभिड १९ को जोखिममा काम गर्नुपर्दा संक्रमण सर्न सक्ने सम्भावना समेत उच्च रहेकाले स्वास्थ्य परीक्षण आवश्यक रहेको समेत उल्लेख छ । 

बिज्ञप्तिमा सञ्चारमा क्रियाशील सञ्चारकर्मीहरुले अत्यन्त सावधानी अपनाएर सञ्चारकर्ममा लाग्न अनुरोध समेत गरिएको छ ।  

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *