Wednesday, May 6, 2020


खगेन्द्र पराजुली, 
२४ बैशाख, नवलपुर । 

जंगलबाट च्याउ ल्याएर खाँदा नवलपुरका २ स्थानमा ५ जना बिरामी परेका छन् । ती बिरामीको जिल्लास्थित मध्यबिन्दु जिल्ला अस्पतालमा उपचार भैरहेको छ । 

जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणका अनुसार हिजो साँझ बिनयी त्रिबेणी ४ का ४ जना र मध्यबिन्दु १४ का १ जना गरी ५ जना बिरामी परेका हुन् । 

बिरामी भई अस्पतालमा उपचार भैरहेका बिनयी त्रिबेणी ४ का जानु आले, संगीता आले, चनिसरा आले र रेमु तरामु मगर रहेका हुुन् भने मध्यबिन्दु न.पा.१४ का ईन्द्र ब. रुचालको छोरा बर्ष १५ को पदम रुचाललाई भने थप उपचारका लागी जिल्ला अस्पतालबाट भरतपुर रेफर गरिएको प्रहरी कार्यालयले जनाएको छ । 

यसबर्ष जंगली च्याउको तरकारी खाँदा धेरै मानिस बिरामी परेका छन् । यो बर्ष खडेरी मौषममा अत्याधिक बर्षा भएकाले जंगलमा पाईने च्याउ लगाएत अन्य चीजहरु समेतमा बिषाक्तपन बढ्न सक्ने भएकाले यस्ता बस्तु खान नहुने चिकित्सकले बताउँछन् । 

चिकित्सकका अनुसार जंगलमा पाईने च्याउमा अहिले मौषम, आद्रता र तापक्रम सबै अनुकुल नररहेकाले पहिले पहिले खाने गरेका बर्गका च्याउ समेत यसपाली बिषाक्त भएका छन् । त्यस्तै, अन्य सागसब्जी पनि पकाउँदा राम्रोसँग धोएर र पकाएर खान समेत सुझाएका छन् । 

बरचुली माबिका कृषि शिक्षक तथा एग्रोभेट सञ्चालक सत्यनारायण भुसालका अनुसार यसपाली तरकारी बाली राम्रोसँग फस्टाउने सिजन देखिएपनि फल तथा डाँठ पातमा संक्रमणको जोखिम पनि उत्तिकै रहन्छ । अहिले पानी परिरहेकाले किटाणु जिबाणुहरु जमिनको सतहभन्दा बिरुवामै लुकेर बस्न सक्छन् त्यसैले हामीले खाने चीजहरु राम्रोसँग धोएर र पकाएर खानुपर्छ वहाँले भन्नुभयो । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *